जनवरी १६ का दिन छनान् स्थित धातु कम्पनीमा काम गर्दागर्दै अचानक आफ्नै कोठामा रहस्यमयीरुपमा "आत्महत्या" गरेर मरेका नेपाली नागरिक ज्ञानु प्रसाद रेग्मीको पार्थिव शरीर आज जनवरी २२ का दिन थाई एयरको उडानद्वारा स्वदेश पठाइएको छ । नेपाल र कोरिया बीचको श्रम सम्झौता अनुसार नेपाल सरकारको खर्चमा उनको शब नेपाल पठाइएको हो।उनको शब नेपाल पठाउने बेलामा सब फेरि एकपटक भावविव्हल बनेका छन्। ३ दिन अगाडी उनको शवको पोष्ट मार्टम गरिएको थियो तर सो को प्रतिवेदन आउन अझै १ हप्ता लाग्ने भएको कुरा सम्बन्धित निकायबाट थाहा भएको छ तर अनुसन्धानमा संलग्न स्थानीय प्रहरीको प्रतिवेदनमा गरिएको वर्णन अनुसार नीज मृतक रेग्मीको शरीरमा कुनै चोटपटकहरु नभेटिएको तथा उनको शरीरमा कुनै किसिमको हात हतियारहरु कसैद्वारा प्रयोग नभएको देखिएको छ । उनको शबको भित्री प्रतिवेदन आउन भने अझै अर्को हप्ता लाग्नेछ र त्यसलाई हामी यथोचितसमयमा पुनः सम्प्रेषण गर्नेछौं । |