ज्ञानेन्द्र पनौतीको मकर मेलामा एस के नेपाल न्यूज सर्भिस
सोमबार,फेब्रुअरी ,०८,२०१०
 |
पूर्व राजा ज्ञानेन्द्र शाह काभे्र जिल्लामा लागेको १२ बर्षे मकर मेलामा सहभागि हुन आज त्यस तर्फ गएका छन्। बिहान एघार बजे गएका पूर्व राजा ज्ञानेन्द्रले पनौतीस्थित बिभिन्न मठमन्दिरको पुजा अर्चना गर्ने छन्। उनका साथ पूव रानी कोमल शाह पनि गएको उनीहरुका नीजि सचिव फडिन्द्र पाठकले जानकारी दिएका छन्। काभ्रेको पनौतीमा हरेका १२ बर्षमा एक पटक मकर मेला लाग्ने गर्दछ। मेलामा मकर नुहनउने चलन पनि रहेको छ। पूर्वराजा ज्ञानेन्द्र पनौती जाने भएपछि त्यहाँको सुरक्षा व्यबस्था कडा बनाईएको बताईएको छ। |