प्रधानमन्त्री माधबकुमार नेपालले वजारमा जथाभावी रुपमा भइरहेको मुल्यबृद्धि नियन्त्रणका लागि राज्यले हस्तक्षेप गरी मुल्यबृद्धि नियन्त्रण गर्ने बताउनु भएको छ। नेपाल औधोगिक विकास निगमको आधुनिक बैंकिङ्ग कारोवारको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री नेपालले मुल्यमा एकरुपता नआएको हुनाले बजारले तय गर्ने भाउमा सरकार जान नसक्ने बताउनु भयो। उद्योग प्रवद्धनको नाममा विदेशबाट सामान झकाउने र नेपालमा स्टक राखी पुनःविदेश पठाउने प्रवृतिले नेपाली उत्पादनहरु आझेलमा परेको भन्दै प्रधानमन्त्रि नेपालले मेहनतवाट पैसा कमाउनेलाई मात्र प्रोत्साहन गरीने बताउनु भयो। प्रधानमन्त्रि नेपालले छिटो छरितो ,गुणस्तरीय र कम खर्चिलो कुरालाइ समायोजन गर्न सके मात्र आर्थिक उन्नती हासिल गर्न सकिने बताउनु भयो। कार्यक्रममा अर्थमन्त्री सुरेन्द्र पा48डेले सरकार पनि ब्यवसायी सरह भएर सरकारी लगानीका संस्थाहरुलाइ व्यवसायिक र प्रतिस्पर्धी बनाएर लैजानु पर्ने बताउनु भयो। उहाले अधिकासं सरकारी संस्थाहरु ब्यवसायीक र प्रतिस्पर्धी नभएकै कारण बित्तिय निरासाजनक भएको बताउनृ भयो।
कार्यक्रममा उद्योगमन्त्रि महेन्द्रप्रसाद यादव , अर्थसचिव रामेश्वर खनालल, नेपाल राष्ट्रि बैकका डेपुटी गर्भनर कृष्णबहादुर मानन्धर,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा लगाएतले मुलुकको आर्थिक अवस्था ,समस्या र समाधाको खोजीहुनु पर्ने बताउनु भएको थियो। |