संविधान समयमा नै बन्छ - प्रधानमन्त्री नेपाल एस के नेपाल न्यूज सर्भिस
बुघबार,मार्च ,१०,२०१०
 |
प्रधानमन्त्री माधवकुमार नेपालले अन्य दल जस्तै माओवादी पनि सकारात्मक भएकाले निर्धारीत समयमै संविधान बन्ने विश्वास ब्यक्त गरेका छन्। प्रेस चौतारी उदयपुरले आज बेल्टारमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेपालले माओवादी समेत संविधान निर्माणमा अग्रसर भएकोले निर्धारीत समयमै संविधान निर्माण हुने बताए। उनले वर्तमान सरकारले अघिल्ला सरकारले गर्न नसकेको अयोग्य माओवादी लडाकुहरुको बर्हिगमनको प्रक्रियालाई मुर्तरुप दिएको बताए। प्रधानमन्त्री नेपालले शान्ति सुरक्षा प्रति वर्तमान सरकार गम्भीर भएकाले शान्ति सुरक्षालाई तार्किक निष्कर्षमा पुर्याउने र नयाँ संविधान निर्माण गर्ने बताए। |