पूर्वराजा ज्ञानेन्द्रद्वारा स्वेतकाली जात्रामा - सर्वसाधारणद्वारा पूर्वराजाको समर्थनमा नाराबाजी एस के नेपाल न्यूज सर्भिस
मंगलबार,मार्च ,१६,२०१०
 |
विगत तीस वर्षदेखि सञ्चालन हुन नसकिरहेको नरदेवीस्थित श्वेतकालीको जात्रा यस बर्षदेखि आरम्भ भएको छ। प्रत्येक बाह्र बर्षको अन्तरालमा जात्रा गर्नुपर्ने नियम भए तापनि विभिन्न कारणवस जात्रा समयमा भएको थिएन। लामो समयपछि जात्रा भएको कारण जात्रामा हजारौं भक्तजनहरु सरिक भएका थिए। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह स्वेतकालीको बाह्र वर्षे जात्रामा सरिक भई फर्कनु भएको छ। पूर्वराजा ज्ञानेन्द्रले नरदेवी मन्दिरमा पूजाअर्चना समेत गर्नुभयो। प्रत्येक बाह्र वर्षमा आयोजना गरिने स्वेतकाली जात्रा विभिन्न कारणवश तीस वर्षपछि मात्र आयोजना गरिएको हो। जात्रामा पूर्वराजा पुगेपछि स्वेतकाली जात्रा मनाइरहेका सर्वसाधारणले समर्थनमा नाराबाजी समेत गरेका थिए। |